आईसीसी विश्वकप लिग–२ : जितका लागि २० ओभरमा ६० रन आवश्यक

Posted on: 27 Feb, 2023

फागुन १५, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा चौंथो विकेट गुमाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको हो ।

नेपालले ३० ओभरको समाप्तिमा चार विकेट गुमाएर १४४ रन बनाएको छ । अब नेपाललाई जितका लागि २० ओभरमा ६० रन आवश्यक छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!