६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएई प्रस्थान गरे सन्दीप लामिछाने, भोलि युएईविरुद्धको खेलमा मौसमलाई रिप्लेस गर्ने

१७ फाल्गुन २०७९, बुधबार ११:०६

फागुन १७, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले बिहीबार घरेलु टोली युएईविरुद्धको खेल खेल्ने भएका छन्। नेपाल क्रिकेटसंघ क्यानका अनुसार सन्दीपले अभ्यासका क्रममा घाइते भएका मौसम ढकालको स्थानमा प्रतिस्पर्धा गर्ने छन्। अभ्यासका दौरान मौसमले पाखुरामा चोट बोक्न पुगेको भन्दै उनलाई रिप्लेस गर्ने क्यानले जनाएको छ।

क्यानका म्यानेजर विनोद दासका अनुसार मौसम नेट प्राक्टिसका क्रममा पाखुरामा चोट बोक्न पुगेका थिए। नजिकैको अस्पतालमा उनको चेकजाँच भएको र अस्पतालले रिपोर्ट दिएपछि उक्त रिपोर्ट आईसीसीलाई पठाएको थियो। दासले भने, ‘उनी इन्जुरी भएको रिपोर्ट आईसीसीलाई पठाएका थियौं जुन रिपोर्टका आधारमा आईसीसीले खेलाडी परिवर्तनको अनुमती दिएको हो।’ दासका अनुसार अब टिमले चाहेमा उनलाई टिममा राख्न्न सक्ने छ।

बलत्कार आरोप लागेका पूर्व कप्तान सन्दीपलाई थुनामुक्त गर्ने क्रममा पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो। तर सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज दिउँसो ३ बजे फ्लाइ दुबइ मार्फत यूएई प्रस्थान गरिसकेका छन।

विश्वकप लिग–२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ। बिहीबार दोस्रो खेलमा सन्दीपले मौसम ढकालको स्थानमा मैदान प्रवेश गर्ने पक्का भएको हो।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। तर सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको थियो। उनले युएई प्रस्थान गर्नुअघि आफ्ना कानुनव्यवसायिसँग परामर्श गरेका थिए। सन्दीपलाई भेटेर अदालतको आदेश र युएईमा पालना गर्नु पर्ने नियमका बारेमा जानकारी गराएको थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता