राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त

Posted on: 01 Mar, 2023

फागुन १७, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ ।

अल्बर्टो एनेस इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!