२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली युवा टिमको खराब सुरुवात: १९ रन जोड्दा ३ विकेट गुम्यो

२०७९, १८ फाल्गुन बिहीबार ०६:०६

फागुन १८, काठमाडौँ |  आगामी वर्ष हुने यु-१९ विश्वकपमा स्थान बनाउनका लागि एसिया छनोट अन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले खराव सुरुवात गरेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १९ रन जोड्दा ३ विकेट गुमाउन पुगेको छ।

ओपनर दिपक बोहोरालाई पहिलो बलमानै गुमाएको नेपालले अर्का ओपनर अर्जुन कुमाललाई पनि ३ रनमा गुमाउन पुग्यो। त्यस्तै आकाश त्रिपाठी ९ रनमा आउट हुँदा अहिले देव खनाल र उतम रङ्गु थापा मगर क्रिजमा रहेका छन्।

आजमान स्थित इडेन गार्डेन ओभलमा नेपाली कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। मलेसियालाई १० विकेटले हराउँदाको टिमलाईनै प्रशिक्षक जगत टमाटाले निरन्तरता दिएका छन्।

नेपाल र युएई दुवै सुरुवाती चार खेलमा जित निकालेकाले दुबैका लागि यो खेल निर्णायक बनेको छ।

समान ८ अंक भए पनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ। यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। नेपाल युएईलाई हराउँदै २०१६ पछि विश्वकपमा स्थान बनाउने प्रयासमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ