६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली युवा टिमको खराब सुरुवात: १९ रन जोड्दा ३ विकेट गुम्यो

१८ फाल्गुन २०७९, बिहीबार ०६:०६

फागुन १८, काठमाडौँ |  आगामी वर्ष हुने यु-१९ विश्वकपमा स्थान बनाउनका लागि एसिया छनोट अन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले खराव सुरुवात गरेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १९ रन जोड्दा ३ विकेट गुमाउन पुगेको छ।

ओपनर दिपक बोहोरालाई पहिलो बलमानै गुमाएको नेपालले अर्का ओपनर अर्जुन कुमाललाई पनि ३ रनमा गुमाउन पुग्यो। त्यस्तै आकाश त्रिपाठी ९ रनमा आउट हुँदा अहिले देव खनाल र उतम रङ्गु थापा मगर क्रिजमा रहेका छन्।

आजमान स्थित इडेन गार्डेन ओभलमा नेपाली कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। मलेसियालाई १० विकेटले हराउँदाको टिमलाईनै प्रशिक्षक जगत टमाटाले निरन्तरता दिएका छन्।

नेपाल र युएई दुवै सुरुवाती चार खेलमा जित निकालेकाले दुबैका लागि यो खेल निर्णायक बनेको छ।

समान ८ अंक भए पनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ। यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। नेपाल युएईलाई हराउँदै २०१६ पछि विश्वकपमा स्थान बनाउने प्रयासमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत