६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेट लिग-२: युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो

१८ फाल्गुन २०७९, बिहीबार ०८:२६

फागुन १८, काठमाडौँ | विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईले नेपालविरुद्ध सम्हालिएर खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएर खेलिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करण केसीले नेपाललाई पहिलो ओभरमा नै सफलता दिलाएका थिए। उनले ओपनर मुहम्मद वासीमलाई शून्य रनमा आउट गर्दा भृतीया अर्विन्द पनि १८ रनको अवस्थामा सन्दीप लामिछानेको बलमा आउट भए।

तेस्रो विकेटका रूपमा कुशल मल्लले कप्तान चुन्डनगापोयी रिजवानलाई २२ रनमा आउट गरेका थिए। अहिले क्रिजमा असिफ खान अर्धशतक नजिक रहँदा उनलाई रोहन मुस्तापाले साथ दिइरहेका छन्।

नेपाल पछिल्ला ५ खेलमा अपराजित रहँदा युएई भने अघिल्लो खेलमा पपुवा न्युगिनीसँग पराजित भएको थियो। जारी सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो।

नेपाल विरुद्ध युएईको इतिहास बलियो रहे पनि नेपाल पछिल्लो समय राम्रो लयमा रहेको छ। लगातार पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ।

पिएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता