विश्वकप क्रिकेट लिग-२: नेपाली टिमको खराब सुरुवात, दुई विकेट गुम्यो

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौँ | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा युएईसँगको खेलमा नेपाली टिमले खराव सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले १५ रन बनाएर दुई विकेट गुमाएको छ ।

पहिलो विकेटको रूपमा कुशल भुर्तेल गुमाएको नेपालले दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । साथै करण केसी, आरिफ शेख र कुशल मल्लले एक/एक विकेट लिए । यूएईका दुई ब्याट्सम्यान रनआउट भए ।

लीगको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीविरुद्ध जीत दर्ता गरेको थियो भने यूएई पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!