६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टमाटाकै प्रशिक्षणमा नेपालले बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो

१९ फाल्गुन २०७९, शुक्रबार ०३:५८

फागुन १९, काठमाडौं । नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा सन् २०१६ नेपालले पछिल्लो बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपाल समूह चरण पार गर्दै क्वाटरफाइनलसम्म पुगेको थियो । यो पटक पनि टमाटाकै प्रशिक्षणमा नेपाल यू–१९ विश्वकपमा छनोट भएको हो ।


Photo Credit : Dev Khanal/Instagram

बिहिबार भएको युएई बिरुद्धको खेलमा आफ्नो प्रशिक्षणमा रहेको टोलीले उत्कृष्ट बलिङ र फिल्डिङको मद्धतले युएई विरुद्ध जित सम्भव भएको प्रशिक्षक टमाटाले प्रतिक्रिया दिएका छन् ।

यू–१९ विश्वकपको एसिया छनोटमा बिहीबार घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भयो ।

नेपालले एसिया छनोटको सबै खेल जितेर अपराजित हुँदै च्याम्पियन समेत बन्यो । नेपालका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले आईसीसीसँग भनेका छन्, ‘हामीले आफ्नो इनिङ्स समाप्त गर्दा बीस रन कम भएजस्तो लाग्यो, तर उत्कृष्ट बलिङ र फिल्डिङका कारण हामीले यो खेलमा पुनरागमन गर्यौं ।’

प्रशिक्षक टमाटाले युएई विरुद्धको जितले छनोट प्रतियोगिता सफल भएको बताएका छन् । युएई विरुद्ध जितबाट टाढिएको अवस्थामा लेफ्ट आर्म स्पीनर दिपेश कँडेलले लगातार तीन बलमा विकेट लिएपछि नेपालले युएईलाई ४८ ओभरमा १८४ रनमै अलआउट गर्न सफल भई १९१ रनको स्कोर रक्षा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता