६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

१९ फाल्गुन २०७९, शुक्रबार ०६:४९

फागुन १९, काठमाडौँ | अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । भारत र अस्ट्रेलियाबीच जारी ४ खेलको टेस्ट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले पहिलो जित हासिल गरेको हो। अघिल्ला दुई खेलमा जित निकालेको भारतविरुद्ध तेस्रो टेस्टमा तेस्रो दिनको सुरुवातमा नै अस्ट्रेलियाले ९ विकेटको जित हासिल गर्‍याे।


घरेलु टोलीले जितको लागि दिएको ७६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ट्रर्विस हेड ४६ रनको अविजित पारी खेले त्यस्तै मार्नस लाबुसेन २८ रनमा अविजित रहँदा उस्मान खवाजाले रन जोड्न सकेनन् ।

भारत दोस्रो इनिङ्समा १६३ रन बनाएर अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछि परेको थियो । अष्ट्रेलिया पहिलो इनिङमा १९७ रनमा अल आउट भएको थियो । यसअघि इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १०९ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया १८ खेलमा जित १२ र ३ मा हारसहित ६८.५२ जित प्रतिशतका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारत १७ खेलमा १० मा जित र ५ मा हारसहित ६०.२९ विजयी प्रतिशत अंक छ । भारतले अन्तिम खेलमा जित निकाल्दा विश्व टेस्ट च्याम्पियनसिप फाइनल स्थान बनाउने छ भने पराजित भएमा श्रीलंकाले स्थान बनाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता