२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

२०७९, १९ फाल्गुन शुक्रबार ०६:४९

फागुन १९, काठमाडौँ | अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । भारत र अस्ट्रेलियाबीच जारी ४ खेलको टेस्ट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले पहिलो जित हासिल गरेको हो। अघिल्ला दुई खेलमा जित निकालेको भारतविरुद्ध तेस्रो टेस्टमा तेस्रो दिनको सुरुवातमा नै अस्ट्रेलियाले ९ विकेटको जित हासिल गर्‍याे।


घरेलु टोलीले जितको लागि दिएको ७६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ट्रर्विस हेड ४६ रनको अविजित पारी खेले त्यस्तै मार्नस लाबुसेन २८ रनमा अविजित रहँदा उस्मान खवाजाले रन जोड्न सकेनन् ।

भारत दोस्रो इनिङ्समा १६३ रन बनाएर अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछि परेको थियो । अष्ट्रेलिया पहिलो इनिङमा १९७ रनमा अल आउट भएको थियो । यसअघि इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १०९ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया १८ खेलमा जित १२ र ३ मा हारसहित ६८.५२ जित प्रतिशतका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारत १७ खेलमा १० मा जित र ५ मा हारसहित ६०.२९ विजयी प्रतिशत अंक छ । भारतले अन्तिम खेलमा जित निकाल्दा विश्व टेस्ट च्याम्पियनसिप फाइनल स्थान बनाउने छ भने पराजित भएमा श्रीलंकाले स्थान बनाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ