न्यूगिनीविरुद्ध नेपालले १२ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोड्यो

Posted on: 03 Mar, 2023

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनीविरुद्ध जवाफी व्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोडेको छ । 

१८० रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नेपालले ओपनर ब्याटर कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । 

नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो । ४.५ ओभरमा नेपालका ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । मल्ल ६ रन जोडेर आउट भएका हुन् । मल्ललाई पनि सेमो कामेयाले नै पभिलियन फर्काएका थिए ।

यसअघि पहिलो ओभरको पहिलो बलमै सेमोले ओपनर भुर्तेललाई पभिलियन फर्काएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!