कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

Posted on: 05 Mar, 2023

फागुन २१, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेलले विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको सोमबार हुने खेल गुमाउने भएका छन्। 

सोमबार यूएईविरुद्ध नेपाल भिड्दैछ। 

क्यानका अनुसार भुर्तेल घाइते भएपछि उनको ठाउँमा सन्दीप जोरालाई खेलाइने भएको छ। 

कुशल ग्रोईन ईन्जोरीका कारण टीममा नरहने भएपछि सन्दीप जोरालाई उनको ठाउँमा खेलाइने भएको क्यानले जनाएको छ। 

भुर्तेलको स्वास्थबारे जानकारी गराउँदै क्यानले भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौं, तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्कनेछ। हामी सन्दीप जोरालाई १४ को टोलीमा स्वागत गर्छौं र थाहा छ उसले खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!