६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

२१ फाल्गुन २०७९, आईतवार ११:१४

फागुन २१, काठमाडौँ | युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्यु गिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२  अन्तर्गत आजको खेलमा पपुवा न्यु गिनी विजयी भएको छ । 

श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्यु गिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्यु गिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सवै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्यु गिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।  

पपुवा न्यु गिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा युएईका भृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्यु गिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए । योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्यु गिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्यु गिनी लिगको पुछारमा छ । श्रृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता