६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालसँग खेल्नुअघि युएईको कप्तान परिवर्तन

२२ फाल्गुन २०७९, सोमबार ०६:२५

फागुन २२, काठमाडौं | घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई_ ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग खेल्नुअघि कप्तान परिवर्तन गरेकोछ । नियमित कप्तान सिपी रिजवानको स्थानमा मोहम्मद वासिमलाई कप्तानी दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टसमा वासिम गएका थिए । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । सिपी रिजवानले टस अघि वासिमलाई बधाई दिएका थिए । पपुवा न्युगिनीसँग दुवै खेलमा खराब ब्याटिङ गर्दै १ सय ३१ र पाँच विकेटले पराजित भएपछि युएईले कप्तान परिवर्तन गरेको छ ।


सिपी रिजवान टोलीको प्लेइङ-११ मा भने छन् । पछिल्लो खेलमा युएई पपुवा न्युगिनीसँग ९७ रनमा अल आउट भएको थियो । मध्यक्रमका ब्याटर सिपी रिजवान गत अक्टोबरमा युएईको कप्तानमा नियुक्त भएका थिए । युएईले अहमद राजालाई हटाउँदै सिपीलाई कप्तानी दिएको थियो । उनको प्रदर्शनले कप्तानीमा भने लगातार प्रश्न उठ्दै आएको थियो ।

यता विष्फोटक ओपनर वासिमले पहिलो पटक युएईको कप्तानी अवसर पाएका छन् । पछिल्लो समय युएईबाट वासिमले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई हराउन वासिमले ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गतवर्ष आइसिसी टि२० विश्वकप छनोट ए को फाइनलमा आयरल्यान्डलाई हराउन वासिमले ६६ बलमा ७ चौका र ८ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

वासिमले युएईबाट २६ ओडिआई र २३ टि२० आई खेल खेलेका छन् । पहिलो खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । युएईलाई शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

यस खेलपछि नेपाल र पपुवा न्युगिनीसँग टियुमा दुई दुई खेल खेल्नेछ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर सबिर अलीको स्थानमा एलिशान शराफुलाई खेलाएको छ । नेपालले चोटबाट बाहिरिएका कुशल भुर्तेलको स्थानमा प्रतिश जि।सीलाई खेलाएको छ । टोलीमा अन्य परिवर्तन भने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता