फागुन २२, काठमाडौं | आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।
भिम सार्कीको दुई अर्धशतकीय साझेदारी प्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई २३० रनको लक्ष्य दिएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको छ ।