बलिङमा नेपालको उत्कृष्ट सुरुवात, दोस्रो बलमै सोमपालले लिए विकेट

Posted on: 06 Mar, 2023

फागुन २२, काठमाडौं | आइसीसी लिग २ अन्तर्गतको त्रिदेशीय ओडिआई शृंखलाको दोस्रो इनिङमा नेपालले राम्रो सुरुवात गरेको छ।  नेपालले २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा युएईले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ। 

पहिलो ओभरमा कामीले मेडन विकेट राखेका छन्।  युएईका ओपनर मोहम्मद वासिम दुई बल खेलेर शून्य रनमै बोल्ड भएका हुन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। 

नेपालका लागि भीम सार्कीले उत्कृष्ट पारी खेलेका छन्। सार्कीले ९९ बलमा ७० रन बनाएका हुन्।  नेपालका लागि आरिफ शेखले ५६ बलमा ४३ रन बनाउँदै अविजित रहे। यसैगरी कुशल मल्ल र सन्दिप लामिछानेको महत्वपूर्ण योगदान रह्यो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!