२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेसँग भनाभन परेपछि मुस्ताफालाई सामाजिक सञ्जालमा गाली, लेखे यस्तो सन्देश

२०७९, २३ फाल्गुन मंगलवार ०९:१५

फागुन २३, काठमाडौँ | यूएईका राष्ट्रिय क्रिकेट खेलाडी रोहन मुस्ताफाले आफूलाई नेपाली फ्यानबाट ‘हेट मेसेज’ आएको बताएका छन् । आईसीसी क्रिकेट वर्ल्ड कप २ अन्तर्गत सोमबार भएकाे नेपाल र यूएईबीचको खेलका दौरान नेपाली स्पिनर सन्दीप लामिछानेसँग भनाभन भएपछि आफूले ‘हेट मेसेज’ पाइरहेको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ३५औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको अपिल गरेका थिए, तर अम्पायरले कुनै संकेत दिएनन् । त्यसपछि चाैंथाे बलमा मुस्तफाले सन्दीप नजिकै पुगेर आक्रोश व्यक्त गरेपछि उनीहरूबीच केही भनाभन भएकाे देख्न सकिन्थ्याे । 


लामिछानेसँग भनाभन परेपछि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा मुस्ताफालाई नेपालीहरूले गालीसहितका कमेन्ट गरेका छन् ।

मंगलबार इन्स्टाग्राम स्टोरी राख्दै आफूले नेपाली समर्थकबाट धेरै 'हेट मेसेज' आइरहेको उल्लेख गरेका छन् । "मैले नेपाली फ्यानहरूबाट धेरै हेट मेसेज पाइरहेको छु," उनले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, "तर त्योभन्दा धेरै मैले लभ मेसेज (प्रेमिल सन्देश) पाएको छु ।"

"तपाईंले मलाई माया वा घृणा जे गरेपनि म तपाईँहरूलाई सधैं माया गरिरहने छु," उनले अगाडि भने । उनले आफू मार्च ९ (बिहीबार) देखि नेपालमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलका लागि उत्साहित भएको पनि उल्लेख गरेका छन् । उनि भन्छन्, "हाबिबि नेपाल आउँदैछ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने