६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेसँग भनाभन परेपछि मुस्ताफालाई सामाजिक सञ्जालमा गाली, लेखे यस्तो सन्देश

२३ फाल्गुन २०७९, मंगलवार ०९:१५

फागुन २३, काठमाडौँ | यूएईका राष्ट्रिय क्रिकेट खेलाडी रोहन मुस्ताफाले आफूलाई नेपाली फ्यानबाट ‘हेट मेसेज’ आएको बताएका छन् । आईसीसी क्रिकेट वर्ल्ड कप २ अन्तर्गत सोमबार भएकाे नेपाल र यूएईबीचको खेलका दौरान नेपाली स्पिनर सन्दीप लामिछानेसँग भनाभन भएपछि आफूले ‘हेट मेसेज’ पाइरहेको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ३५औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको अपिल गरेका थिए, तर अम्पायरले कुनै संकेत दिएनन् । त्यसपछि चाैंथाे बलमा मुस्तफाले सन्दीप नजिकै पुगेर आक्रोश व्यक्त गरेपछि उनीहरूबीच केही भनाभन भएकाे देख्न सकिन्थ्याे । 


लामिछानेसँग भनाभन परेपछि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा मुस्ताफालाई नेपालीहरूले गालीसहितका कमेन्ट गरेका छन् ।

मंगलबार इन्स्टाग्राम स्टोरी राख्दै आफूले नेपाली समर्थकबाट धेरै 'हेट मेसेज' आइरहेको उल्लेख गरेका छन् । "मैले नेपाली फ्यानहरूबाट धेरै हेट मेसेज पाइरहेको छु," उनले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, "तर त्योभन्दा धेरै मैले लभ मेसेज (प्रेमिल सन्देश) पाएको छु ।"

"तपाईंले मलाई माया वा घृणा जे गरेपनि म तपाईँहरूलाई सधैं माया गरिरहने छु," उनले अगाडि भने । उनले आफू मार्च ९ (बिहीबार) देखि नेपालमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलका लागि उत्साहित भएको पनि उल्लेख गरेका छन् । उनि भन्छन्, "हाबिबि नेपाल आउँदैछ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता