६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेयमारले पीएसजीका लागि लिलविरुद्ध खेलेको खेल नै अन्तिम हुनसक्ने

२३ फाल्गुन २०७९, मंगलवार ११:५१

एजेन्सी | एंकल चोटको शल्यक्रिया गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्। उनले सिजनको बाँकी खेल गुमाउने पक्का भएको पीएसजीले पुष्टि गरेको हो।

फ्रेन्च लिग वानअन्तर्गत लिलविरुद्धको खेलमा उनी घाइते भएका थिए। फेब्रुअरी १९ मा भएको खेलमा पीएसजीले लिललाई ४-३ गोलअन्तरले पराजित गरेको थियो।

चोट लागेपछि नेयमारले खेलको ५१औँ मिनेटमा मैदान छाडेका थिए। गत वर्ष कतारमा भएको विश्वकपमा ब्राजिलको पहिलो खेलमा पनि उनको दाहिने खुट्टामा चोट लागेको थियो। तर, उनी दुई खेलपछि मैदान फर्किन सफल भएका थिए।

स्पोर्ट्स बाइबलका अनुसार नेयमारले पीएसजीका लागि खेलेको यही खेल नै अन्तिम हुनसक्छ। समाचारमा जनाइएअनुसार उनलाई प्रिमियर लिगका टोलीहरूले अनुबन्ध गर्ने इच्छा देखाएका छन्। बेलायती सञ्चारमाध्यमहरूका अनुसार उनलाई प्रिमियर लिगका तीन क्लब चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी भित्र्याउन इच्छुक देखिएका छन्।

गएको केही समयदेखि पीएसजीले नेयमारलाई बिक्री गर्न चाहेको चर्चा चलिरहेको छ। नेमारले पीएसजीबाट १७३ खेल खेलेका छन्। जसमा उनले ११८  गोल गरेका छन्। सन् २०२२-२३ को सिजनमा पनि नेयमारले लिग वानमा १३ गोल गर्नुका साथै १० गोलका लागि अवसर सिर्जना गरेका छन्। तर, उच्च लयमा रहेपनि पीएसजीले नेयमारलाई उचित मूल्य पाएको खण्डमा बिक्री गर्न सक्ने फ्रेन्च मिडियाहरूले समाचार प्रकाशित गरिरहेका छन्।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन यूरोमा पेरिस पुगेका हुन्। नेयमारलाई पीएसजीले वार्षिक ४० मिलियन यूरो आसपासमा पारिश्रमिक दिइरहेको छ। जसकारण पीएसजी उनलाई बिक्री गर्न चाहन्छ। पीएसजीले उनलाई सय मिलियन यूरो आसपास बिक्री गर्न चाहेको बताइन्छ। नेयमार भित्र्याउन प्रिमियर लिगका तीनै क्लब तयार रहेपनि पारिश्रमिकमा केही हेरफेर गर्नुपर्नेछ।

पीएसजी पुगेयता नेयमारले चार लिग वान उपाधि जितिसकेका छन्। यद्यपि, उनले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्। पीएसजीले युरोपियन फुटबल महासंघ (युईएफए) च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ। पहिलो लेगमा १-० ले पराजित भएको पीएसजीलाई नेयमारको अनुपस्थितिले थप समस्यामा पारेको छ। उनको अनुपस्थितिमा लिओनल मेस्सी र केलिन एम्बाप्पेले अग्रपंक्ति सम्हाल्ने छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता