एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो कीर्तिमानी लक्ष्यको राष्ट्रिय कीर्तिमान

Posted on: 09 Mar, 2023

फागुन २५, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले पपुआ न्युगिनीविरुद्ध भिडिरहेको नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै ठुलो लक्ष्य दिने पक्का गरेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालले ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ८५ रन बनाएको छ। यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७९ रनसम्मको लक्ष्य दिएको थियो।

सन् २०२२ को मार्चमा नेपालले पीएनजीविरुद्ध नै पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ७८ रन जोडेको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लक्ष्य पछ्याउनेक्रममा भने २ सय ८७ रनसम्म बनाएको छ।

तीन साताअघि नेपालले कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध २ सय ८६ रनको लक्ष्य पच्छ्याउनेक्रममा ४७.४ ओभरमा २ सय ८७ रन बनाएको थियो।

पीएनजीविरुद्ध नेपालका आसिफ शेखले एक सय १०, कुशल भुर्तेलले ४५, कप्तान रोहित पौडेलले ३० रन बनाए। भीम सार्की ३६ रनमा खेल्दैछन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!