पिएनजीबिरुद्द नेपाललाई पहिलो सफलता

Posted on: 09 Mar, 2023

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको  छ ।  पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ शेखले पहिलो सफलता दिलाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो । नेपालले ४९.१ ओभरमा अलआउट हुँदै दुई सय ९७ रन बनायो । 

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । जारी खेलमा पीएनजीले ११.२ ओभरमा १ विकेट गुमाएर ७८ रन बनाई नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!