फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।
सन्दीप लामिछानेको बलमा टोनी उरा ५० रन बनाएर आउट भएका हुन् । उराले यसक्रममा ९ वटा चौका प्रहार गरे ।
त्यसअघि सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले ३ रनमा आउट गर्दा किप्लिन डोरिगा २६ रनमा रनआउट भएका थिए ।
२९८ रनको लक्ष्य पछ्याएको पीएनजीले यो समाचार तयार पार्दासम्म १८ ओभरमा ३ विकेटको क्षतिमा १०१ रन जोडेको छ ।
यसअघि आशिफ शेखको शतकीय योगदानको मद्दतमा नेपालले २९७ रनको योगफल तयार पारेको थियो ।