६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

२०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बने सन्दीप, रनको टप टेनमा नेपालका ३ ब्याट्सम्यान

२६ फाल्गुन २०७९, शुक्रबार ०६:३७

फागुन २६, काठमाडौँ | नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले सन् २०२३ मा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान कायम गरेका छन् । हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएर उनी सूचीको पहिलो नम्बरमा रहेका हुन् ।

दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् । सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् ।


सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् । केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् । उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रति ओभर ५.७३ रन खर्चेका छन् ।

सन्दीपको भने औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् । यो वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा पनि नेपालको इन्ट्री भएको छ । नेपाली ओपनर आसिफ शेख अहिले सूचीको तेस्रो स्थानमा उक्लिएका छन् । हिजोकोखेलमा पीएनजीविरुद्ध सतक बनाउँदै उनी तेस्रोमा चढेका हुन् ।

आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएका छन् । उनले ४५.६२ को औसतमा यति रन बटुलेका हुन्, जसमा एक सतक र दुई अर्धसतक सामेल छन् । सर्वाधिक रन बनाउनेको सूचीमा भारतका बिराट कोहली र रोहित शर्मा, ईंग्ल्यान्डका डेविड मलान र डेभोन कोनवे आसिफभन्दा पछाडि छन् ।

सर्वाधिक रन बनाउनेको टप १० ब्याट्सम्याको सूचीमा नेपालका कुशल मल्ल र रोहितकुमार पौडेल पनि छन् । उनीहरुले क्रमशः २९५ र २६४ रन बनाउँदै आठौं र दशौं स्थान कायम गरेका हुन् । नेपालकै कुशल भुर्तेल १३ औं नम्बरमा रहेका छन् । उनले २३९ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका सुवमन गिल पहिलो स्थानमा छन् । उनले ६ खेलमा नै ६५७ रन बनाइसकेका छन् । उनको औसत ११३ भन्दामाथि छ भने स्ट्राइक रेट पनि उच्च छ । दोस्रो स्थानमा रहेका ईंग्ल्यान्डका जोस बटलरले ३७२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता