२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

२०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बने सन्दीप, रनको टप टेनमा नेपालका ३ ब्याट्सम्यान

२०७९, २६ फाल्गुन शुक्रबार ०६:३७

फागुन २६, काठमाडौँ | नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले सन् २०२३ मा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान कायम गरेका छन् । हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएर उनी सूचीको पहिलो नम्बरमा रहेका हुन् ।

दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् । सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् ।


सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् । केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् । उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रति ओभर ५.७३ रन खर्चेका छन् ।

सन्दीपको भने औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् । यो वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा पनि नेपालको इन्ट्री भएको छ । नेपाली ओपनर आसिफ शेख अहिले सूचीको तेस्रो स्थानमा उक्लिएका छन् । हिजोकोखेलमा पीएनजीविरुद्ध सतक बनाउँदै उनी तेस्रोमा चढेका हुन् ।

आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएका छन् । उनले ४५.६२ को औसतमा यति रन बटुलेका हुन्, जसमा एक सतक र दुई अर्धसतक सामेल छन् । सर्वाधिक रन बनाउनेको सूचीमा भारतका बिराट कोहली र रोहित शर्मा, ईंग्ल्यान्डका डेविड मलान र डेभोन कोनवे आसिफभन्दा पछाडि छन् ।

सर्वाधिक रन बनाउनेको टप १० ब्याट्सम्याको सूचीमा नेपालका कुशल मल्ल र रोहितकुमार पौडेल पनि छन् । उनीहरुले क्रमशः २९५ र २६४ रन बनाउँदै आठौं र दशौं स्थान कायम गरेका हुन् । नेपालकै कुशल भुर्तेल १३ औं नम्बरमा रहेका छन् । उनले २३९ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका सुवमन गिल पहिलो स्थानमा छन् । उनले ६ खेलमा नै ६५७ रन बनाइसकेका छन् । उनको औसत ११३ भन्दामाथि छ भने स्ट्राइक रेट पनि उच्च छ । दोस्रो स्थानमा रहेका ईंग्ल्यान्डका जोस बटलरले ३७२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ