२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध नेपालकको शानदार सुरूवात, ५ ओभरमै गुमायो ४ विकेट

२०७९, २८ फाल्गुन आईतवार ०८:४०

फागुन २८, काठमाडौँ | यूएईविरुद्ध दोस्रो इनिङमा नेपालले शानदार सुरूवात गरेको छ । नेपाली बलरहरूले पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।

नेपालले आज पहिलो ओभर बलिङ गर्न स्पिनर राजवंशीलाई पठाएको थियो । प्रशिक्षक र कप्तानको निर्णयलाई सही सावित गर्दै ललितले पहिलो ओभरमै नेपाललाई सफलता दिलाए । पहिलो ओभरको पाँचौ बलमा हृत्य अरविन्द ललितको बलमा बोल्ड भए ।


यसैगरी तेस्रो ओभरमा बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीलाई पनि सफलता मिल्यो । उनले २.४ ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे । त्यसपछि यूएईका कप्तान मोहम्मद वसिम राजवंशीलाई ठूलो सट खेल्ने चक्करमा आउट भए । चौथो विकेटका रूपमा सोमपाल कामीले यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानलाई पेभिलियन पठाइदिएका छन् ।

यो समाचार बनाउँदासम्म यूएईले ६ ओभर खेलेर ८ रनमात्रै बनाउन सकेको छ । खासगरि नेपालका स्पिनरहरूलाई झेल्न यूएईलाई कठिन हुने देखिएको छ । आज नेपालले अतिरिक्त स्पिनरका रूपमा राजवंशीलाई टीममा समावेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने