६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

२८ फाल्गुन २०७९, आईतवार ०९:३४

फागुन २८, काठमाडौँ | आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ।

युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ।

नेपालीका लागि छैटौ तथा आफ्नो तेस्रो विकेट ललित राजवंशीले लिएका छन्। उनले युएईका आयन अफजल खानलाई २९ रनमा पभेलियन पठाएका छन्।

पाँचौ विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले युएईका रोहन मुस्ताफाको विकेट लिएका हुन्।

युएईको चौथो विकेटका रुपमा आशिफ खान १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए। उनको विकेट सोमपाल कामीले लिएका हुन्।

यस्तै, युएईले ८ रनमै तेस्रो विकेट पनि गुमाएको थियो। ललित राजवंशीले आफ्नो दोस्रो विकेट लिएका छन्। उनले युएईका कप्तान मुहम्मद वासीमको विकेट लिएका हुन्। वासीम ८ बलमा १ रन बनाउँदै आउट भएका छन्।

नेपालका लागि दोस्रो विकेट दिपन्द्रसिंह ऐरीले लिएका छन्। उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आर्यन लाक्राको विकेट लिएका हु्न्। लाक्रा शून्य रनमा आउट भएका छन्।

यस्तै, पहिलो ओभर बलिङ गर्न आएका ललितले पाँचौ बलमा युएईका ओपनर भरिटाया अरविन्दलाई शून्य रनमा आउट गर्दै पहिलो विकेट लिएका थिए।

अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। तर अब युएईले यो लक्ष्य भेट्न असम्भवजस्तै बनेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता