पीएनजीविरुद्ध नेपालको धारिलो बलिङ, पीएनजीको ९ विकेट पतन

Posted on: 13 Mar, 2023

फागुन २९, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले ३१ ओभरमा ९४ रन जोड्दा पीएनजीका ९ ब्याट्सम्यानलाई डगआउटमा फिर्ता पठाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ४, ललित राजवंशीले २ तथा कुशल मल्लले २ र सोमपाल कामी १ विकेट लिए ।

लिग टुमा नेपालले योसहित जम्मा २ खेल खेल्न बाँकी छ । दुवै खेल जितेमा नेपाल सिधै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

दुईमध्ये कुनै एक हारले मात्र पनि आगामी महिना नामिबियामा हुने प्लेअफ खेल्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!