फागुन २९, काठमाडौँ | स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।
स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।