फागुन २९, काठमाडौँ | विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेट्यो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।