६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अब ३ खेलभित्र २ विकेट लिए सन्दीपले बनाउनेछन् छिटो १०० विकेटको विश्व कीर्तिमान

२९ फाल्गुन २०७९, सोमबार ०७:२३

फागुन २९, काठमाडौँ | नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान बनाउने सम्भावना बलियो बनेको छ। विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि सन्दीप आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्र टाढा छन् ।

सन्दीपले ४० खेलमै ९८ विकेट लिएका छन्। अफगानिस्तानका स्टार रसिद खानको नाममा सर्वाधिक छिटो विकेटको सतक पुरा गर्ने कीर्तिमान छ।


उनले ४४ खेलमा उक्त सफलता हात पारेका थिए। यसको मतलब सन्दीपले अबका बढीमा ३ खेलमा २ विकेट मात्र लिए रसिदको किर्तिमान तोडिनेछ । सन्दीपले आठपटक कम्तिमा ४ विकेट र तीनपटक कम्तिमा ५ विकेट लिएका छन्।

धरौटीमा छुटेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीप उच्च लयमा छन्। उनले पछिल्लो एक महिनामा १० खेल खेल्दै २९ विकेट लिएका छन्। एक महिनाअघि विश्वकप लिगकै नेपालमा भएको शृंखलामा १३ विकेट लिएका सन्दीपले युएईमा सम्पन्न पछिल्लो शृंखलामा ५ विकेट हात पारेका थिए। जारी शृंखलाको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा आइतबार यूएईविरुद्ध २ विकेट हत्याए ।

सन्दीपले जारी विश्वकप लिगमा आफ्नो विकेट संख्या ७१ पुर्‍याएका छन्। उनले ३० खेलमा यो सफलता हात पारेका हुन्। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेका ओमानका बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका थिए।

हिजो यूएईविरुद्धको खेलमा १० ओभर बलिङ गर्न पाएको भए सन्दीपको विकेट संख्या थपिन सक्थ्यो । तर यूएई छिट्टै अलआउट भएपछि सन्दीपले ४ ओभरमात्रै बलिङ गर्न पाए । साथै, यसबीचमा केही म्याच उनले प्रहरी हिरासतमा रहेका कारण गुमाए ।

अन्यथा लिग टुमा उनी सर्वाधिक विकेटटेकर बन्न सक्ने सम्भावना थियो । उनले बिलाललाई उछिन्नका लागि अब अन्तिम खेलमा ६ विकेट लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता