६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलपछि सन्दीपले भने– आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ

२९ फाल्गुन २०७९, सोमबार १०:२५

फागुन २९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले आफू टिममा रहेसम्म अहिलेको भन्दा राम्रो गर्ने प्रयासमा लाग्ने प्रतिक्रिया दिएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा सोमबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले पाँच विकेट लिएका थिए । सन्दीपकै घातक बलिङमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीलाई नेपालले ९५ रनमै समेटेको थियो । पीएनजीविरुद्ध सन्दीपसँगै ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए ।


पीएनजीले प्रस्तुत गरेको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । नौ विकेटको फराकिलो जितपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले टिममा अवसर पाउँदासम्म अहिलेको भन्दा अझ राम्रो प्रदर्शनको प्रयासमा लागि पर्ने बताए ।

“म आफ्नो बलिङमा रमाइरहेको छु । जति हुन सक्छ टिमलाई राम्रो गर्न खोजिरहेको हुन्छु । आउने समयमा पनि जति अवसर पाउँछु । र, जति समय मैदानमा हुन्छु त्यसबेलासम्म म टिमका लागि अहिलेको भन्दा राम्रो गर्ने प्रयास गर्नेछु,” सन्दीपले भने, “मैले बलिङ गर्ने बेलासम्म कन्डिसन सबै सहज बनिसकेको थियो । यसको श्रेय ललितलाई जान्छ । जसरी उनले बलिङ गरे । पुनरागमन गर्न सँधै कठिन हुन्छ । र, फर्किएको खेलमा पाँच विकेट लिनु र त्यसपछि आजको खेलमा तीन विकेट लिनु । यसैकारण आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ ।”

पीएनजीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट ९८ विकेट लिइसकेका छन् । १०० विकेटको कोसेढुंगाका लागि दुई विकेट पछि रहेका सन्दीपले आफू अहिले त्यसमा केन्द्रित रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता