२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव,अन्त्येष्टि गर्न लैजाँदै थिए परिवार

१० जेष्ठ २०८२, शुक्रबार ११:४९

काठमाडौँ । संखुवासभामा अन्त्येष्टि गर्न लैजाँदै गर्दा प्रहरीले एक जना बालिकाको शव नियन्त्रणमा लिएको छ। भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ६ वर्षीया बालिका युनिका तामाङको शव नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी अनिका गुरूङ ‘तामाङ’बीच झगडा भएको थियो। त्यसैबीच अनिकाले गोपालकी छोरी युनिकालाई धकेलेकी थिइन्। धकेल्दा डिलबाट लडेर युनिका घाइते भएकी थिइन्।

उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगरमा पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा जेठ ७ गते दिउँसो साढे १ बजेतिर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारले शव अन्त्येष्टिको तयारी गरेको थियो। त्यसका लागि अस्पतालबाट एम्बुलेन्समा राखेर शव घरतर्फ लगेका थिए। अन्त्येष्टि गर्न लागेको खबर पाएपछि प्रहरीले बिहीबार बिहान पौने ७ बजेतिर बालिकाको शव नियन्त्रणमा लिएको हो।

शव खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अहिले बालिकाको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको छ। अन्त्येष्टिका तामाङलाई नियन्त्रणमा लिएको लिएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव