६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

३ जेष्ठ २०८२, शुक्रबार १५:२०

काठमाडौँ | भक्तपुरका अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ ।

विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उहाँले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानले पक्राउपर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा रहेका छन् ।

प्रहरीले उनीहरु बस्दै आएको कोठामा छापामारी लागुऔषध ट्रमेनिल ४५१ थान, निटजिकेयर एक हजार १९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्यण्ड नामको लागुऔषध ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई थान मोबाइल र नगद रु सात हजार बरामद गरेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले मध्यपुरथिमि–९ बोडे बस्दै आएका खोटाङको ऐँसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामालाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई मध्यपुरथिमिको बोडे बस्ने स्वदेश राईको कोठाबाट पक्राउ गरिएको जानकारी दिँदै प्रहरीले उनीहरूको साथबाट लागुऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोलाण्ड ४६६ थान, नगद रु पाँच हजार र मोबाइल तीन थान बरामद गरेको उहाँले बताउनुभयो । प्रहरीले आज उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बालकोट डेरा गरी बस्ने ३७ वर्षीय हरिनाथ कोइरालालाई उनकै डेरा कोठाबाट एक ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी गराउनुभयो । लागुऔषध कसुरमा म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता