३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

होटल श्रमिक हुँदै छ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे

२४ बैशाख २०८२, बुधबार १३:३८

काठमाडौँ | उच्च शिक्षा अध्ययनका लागि पोखरा पुग्नुभएका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्नेक्रममा २०४५ सालमा होटलबाट काम सुरु गर्नुभएका पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।

पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डे अहिले छ वटा होटलको मालिक बनी सबैको प्रेरणाका स्रोत बन्नुभएको छ । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढ्नुभएका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहनुभएको छ ।

विसं २०२२ मा जन्मिनुभएका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गर्नुभयो । उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुग्नुभएका उहाँले विज्ञानमा स्नातकसम्मको अध्ययन गर्नुभयो ।

विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उहाँ आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित बताउनुहुन्छ । सुरुमा रु एक लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थाल्नुभएका उहाँले विभिन्न आरोहअवरोहका बीच चार वटा होटल चलाउनुभयो । कहिले कमाइ गर्नुभयो त कहिले गुमाउनुभयो । उहाँले भन्नुभयो, “होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुप¥यो । पछिल्लो होटलले राम्रै कमाइ ग¥यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।”

भाडामा होटल चलाउँदै आउनुभएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किन्नुभयो । जम्मा रु एक करोड ५० लाखमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोनन्ति गरिएको छ ।

होटल व्यवसायतर्फको उहाँको यात्रा निरन्तर अघि बढिरह्यो, यसैक्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गर्नुभयो । सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आउनुभएका पाण्डेको अहिले काठमाडौँ, दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले यस व्यवसायमा सफल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि उहाँको सिङ्गो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ ।” निरन्तरको सङ्घर्षका कारण पाण्डे सफल व्यवसायी बन्नुभएको भन्दै उपाध्यक्ष थपलिया एउटै बाबुका छोरा–बुहारी, नाति–नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको बताउनुहुन्छ ।

यसैगरी गत वर्षबाट भैरहवाको एक होटलमा उहाँले व्यवस्थापन हेर्दै आउनुभएको छ । यस्तै यसै महिनाबाट भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सञ्चालन गर्न सुरु गर्नुभएको छ भने तनहुँको देवघाटमा पनि अर्काे होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउस नामबाट सञ्चालन गर्नुभएको छ ।

वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छ भने झण्डै ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्षसमेत रहनुभएका पाण्डे यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको अध्यक्ष भइसक्नुभएको छ ।

परिवारका सदस्यहरूलाई सँगै लिएर यस क्षेत्रमा होमिनुभएका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा सँगै हुनुहुन्छ । त्यसो त तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताउनुभयो ।

स्थानीय होटल व्यवसायीका अनुसार गाउँको सामान्य परिवारमा जन्मेका पाण्डे दृढ इच्छाशक्ति भएका, सदैव सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा एवं कर्मशील पर्यटन व्यवसायी हुनुहुन्छ । मुलुकको पर्यटन व्यवसायमा समर्पित पाण्डेको पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान रहको होटल सङ्घ सौराहाले जनाएको छ ।

परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागि रहे सफल भइने पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।” नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि अर्घाखाँचीको सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी पाण्डे उदाहरणीय पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ