२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

२०७८, २ माघ आईतवार ०५:५९

माघ २, चितवन | भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६  नियमावली बनाएर कार्यपालिका र नगरसभाबाट पास गरिसकेको जनाएको छ । उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार आन्तरिक नियन्त्रण, सहकारी संस्था दर्ता, प्रारम्भिक बालशिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन, पूर्वतयारी कक्षा तथा भाषा शिक्षकसम्बन्धी, विज्ञापन कर, प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन पहिलो संशोधन निर्देशिका तयार भई कार्यान्वयनमा आएको छ । 

यसैगरी सहकारी संस्थाको साधारणसभा, बालमैत्री स्थानीय शासन कार्यान्वयन, महानगरको बालक्लब, आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास र सहकारी संस्थाको साधारणसभाको प्रथम संशोधन निर्देशिकासमेत तयार भई कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षा, न्यायिक समिति, सहकारी, आर्थिक, विनियोजन, प्रशासनिक कार्यविधि, सार्वजनिक निजी साझेदारी, नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन बनेर कार्यान्वयनमा आएको छ । जनस्वास्थ्य, स्थानीय सेवाका कर्मचारीहरुको समायोजनसम्बन्धी ऐनसँगै अधिकांश  ऐनहरु संशोधनसमेत भएको उहाँले जानकारी दिनुभयो ।

महानगरले सहकारी सङ्घसंस्था सञ्चालन अनुगमन तथा नियमन लक्षित वर्गको उत्थान एवं सबलीकरण कार्यक्रम सञ्चालन आवासीय बालगृह सञ्चालन, चक्रपथको स्वीकृति एलाइभमेन्ट, सहकारी संस्था सञ्चालन, अनुगमन तथा नियमन, डिजिटल डिस्प्ले बोर्ड, विज्ञापन होडिङ बोर्ड तथा विद्युतीय प्रचारप्रसार सामग्री नियमन, विपन्न सदस्यको दिगो जीविकोपार्जनका लागि व्यवस्था, स्थापनार्थ बीउ पूँजी अनुदान मापदण्ड बनाएको छ । 

यस्तै मध्यम अपाङ्ग भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, महानगरस्तरीय विपत् राहत, आमसञ्चार माध्यमहरुलाई वितरण गरिने लोककल्याणकारी विज्ञापन वितरण मापदण्ड बनेको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख ठकुरीका अनुसार कार्यसम्पादन, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण, नगरपालिका कार्यविभाजन, महानगरको सार्वजनिक खरिद, प्रशासनिक कार्यविधि नियमित गर्ने र सार्वजनिक, निजी साझेदारी नियमावली बनेर कार्यान्वयनमा आएको छ ।

महानगरले कर्मचारी व्यवस्थापन, कार्यपालिका बैठक, नगरसभा सञ्चालन, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन, निर्माण व्यवसायी इजाजतपत्र, वडास्तरीय पशुपक्षी तथ्याङ्क प्रोफाइल र दुग्ध उत्पादन र बजारीकरणका आधारमा अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयन गरिरहेको जनाएको छ । यस्तै पशुस्वास्थ्य शिविर, छात्रवृत्ति व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, नक्सा पास, विद्यालयको लेखा परीक्षण, विज्ञ परिचालन जस्ता ६३ कार्यविधिहरु जारी भएका छन् । 

 न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख ठकुरीले ऐनकानुन निर्माणमा महानगर अग्रणी रहेको दावी गर्नुभयो । उहाँका अनुसार, स्वमूल्याङ्कनमा महानगरको न्यायिक समिति अगाडि छ । महानगरप्रमुख रेनु दाहालले महानगरको ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड, नियमावली बनेसँगै महानगरको कार्य सम्पादन अगाडि बढाउन सहयोग पुगेको बताउनुभयो । महानगरका सबै समिति र निकायहरुले गर्नुपर्ने काम तीव्र गतिमा गरेकै कारण देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगर उत्कृष्ट बन्न सफल भएको दावि समेत गर्नभयो । उहाँका अनुसार विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, महिला बालबालिका लगायतका सबै क्षेत्रमा भरतपुर महानगर देशकै उत्कृष्ट  छ । अधिवक्ता खगेश्वर अधिकारीले भरतपुर महानगरपालिकाले छोटो समयमा धेरै ऐनकानुन निर्माण गर्न सफल भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह