2026-07-11 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा

भक्तपुर | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई अवरोध गरेको आरोपमा समातिएका ९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, पक्राउ परेकामध्ये आँखा सम्बन्धी समस्या देखिएका बलबहादुर तामाङलाई भने छाडिएको छ। हिरासतमा रहेका व्यक्तिहरूमा देवी संग्रौला, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली, र रमेश ठकुरी रहेका छन्।

दुर्गा प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोड्दै कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको दाबी गरेका थिए। उनले कागजातसहित उक्त दाबी सार्वजनिक गरे पनि प्रारम्भिक जाँचमा ती कागजात कीर्ते भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। कागजातमा प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग भएको पनि प्रहरीको भनाइ छ।

प्रसाईंलाई नियन्त्रणमा लिन भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेको टोली खटाइएको थियो। उनलाई पक्राउ गरी सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा लगेको थियो, भने पक्राउका क्रममा अवरोध गर्नेलाई जिल्ला प्रहरी कार्यालय, भक्तपुर पुर्याइएको हो।

प्रसाईंमाथि हाल विद्युतीय अपराध नियन्त्रण ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा पक्राउ गरिएकामध्ये अरू विरुद्ध पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

यो प्रकरणले राजनीतिक र सामाजिक रूपमा चासोको विषय बनिरहेका प्रसाईंका गतिविधिहरूमा थप निगरानी र अनुसन्धान गर्नुपर्ने आवश्यकता उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित