२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति

२०८१, ४ माघ शुक्रबार १५:३६

काठमाडौँ | सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आपत्ति जनाएको छ।

माओवादी सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले विज्ञप्ति गारी गर्दै मेयर थापा र उपमेयर लीला मोक्तानलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप लगाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा सरकारले थापा र माेक्तानलाई थप वन मुद्दा लगाएर फसाउन खोजेको आरोप माओवादी केन्द्रले लगाएको हो।

‘सर्लाही जिल्लामा सार्वजनिक ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार बिहीन बनाउन सरकारी स्तरबाट मेयर थापा र उपमेयर मोक्तानलाई झूटा मुद्दा लगाउने षड्यन्त्रप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थापा र मोक्तान जस्ता इमानदार जनप्रतिनिधिलाई झुटा वन मुद्दामा फसाउन खोज्नु, सुकुम्बासी जनतालाई विस्थापित गर्ने प्रयास गर्नु र वन क्षेत्रको नाममा कपोलकल्पित आरोप लगाउनु सरकारको अन्यायपूर्ण र अमानवीय कदम हो।’

यस्ता कुनै पनि षड्यन्त्रलाई स्वीकार गर्न नसकिने भन्दै माओवादी सर्लाहीले झुटा आरोपविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

‘जनताको अधिकार र न्यायमाथि गरिएको आक्रमणलाई हामी दृढताका साथ प्रतिरोध गर्नेछौँ,’ माओवादीले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि सरकारले झुटा मुद्दा लगाएर जनप्रतिनिधि तथा नागरिकमाथि दमनको प्रयास गर्यो भने हाम्रो पार्टी सशक्त आन्दोलन गर्न बाध्य हुनेछ। यो संघर्ष केवल व्यक्तिको मात्र नभई सम्पूर्ण भूमिहीन, सुकुम्बासी, र आम जनताको हक, अधिकारको रक्षाका लागि हुनेछ।’

सरकारले षड्यन्त्रपूर्ण गतिविधि नरोके नेपाली जनताको हितमा कुनै पनि स्तरको आन्दोलन गर्न तयार हुने चेतावनी पनि माओवादीले दिएको छ। ‘जनताको अधिकारको रक्षा हाम्रो पहिलो प्राथमिकता हो। यो विषयमा सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज र पत्रकारहरूलाई हाम्रो साथमा रहन आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा