७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति

४ माघ २०८१, शुक्रबार १५:३६

काठमाडौँ | सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आपत्ति जनाएको छ।

माओवादी सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले विज्ञप्ति गारी गर्दै मेयर थापा र उपमेयर लीला मोक्तानलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप लगाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा सरकारले थापा र माेक्तानलाई थप वन मुद्दा लगाएर फसाउन खोजेको आरोप माओवादी केन्द्रले लगाएको हो।

‘सर्लाही जिल्लामा सार्वजनिक ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार बिहीन बनाउन सरकारी स्तरबाट मेयर थापा र उपमेयर मोक्तानलाई झूटा मुद्दा लगाउने षड्यन्त्रप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थापा र मोक्तान जस्ता इमानदार जनप्रतिनिधिलाई झुटा वन मुद्दामा फसाउन खोज्नु, सुकुम्बासी जनतालाई विस्थापित गर्ने प्रयास गर्नु र वन क्षेत्रको नाममा कपोलकल्पित आरोप लगाउनु सरकारको अन्यायपूर्ण र अमानवीय कदम हो।’

यस्ता कुनै पनि षड्यन्त्रलाई स्वीकार गर्न नसकिने भन्दै माओवादी सर्लाहीले झुटा आरोपविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

‘जनताको अधिकार र न्यायमाथि गरिएको आक्रमणलाई हामी दृढताका साथ प्रतिरोध गर्नेछौँ,’ माओवादीले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि सरकारले झुटा मुद्दा लगाएर जनप्रतिनिधि तथा नागरिकमाथि दमनको प्रयास गर्यो भने हाम्रो पार्टी सशक्त आन्दोलन गर्न बाध्य हुनेछ। यो संघर्ष केवल व्यक्तिको मात्र नभई सम्पूर्ण भूमिहीन, सुकुम्बासी, र आम जनताको हक, अधिकारको रक्षाका लागि हुनेछ।’

सरकारले षड्यन्त्रपूर्ण गतिविधि नरोके नेपाली जनताको हितमा कुनै पनि स्तरको आन्दोलन गर्न तयार हुने चेतावनी पनि माओवादीले दिएको छ। ‘जनताको अधिकारको रक्षा हाम्रो पहिलो प्राथमिकता हो। यो विषयमा सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज र पत्रकारहरूलाई हाम्रो साथमा रहन आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी