१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो

२२ चैत्र २०८१, शुक्रबार १७:३३

काठमाडौँ | पुतलीसडकस्थित अल्टिमा लाइफस्टाइल्सको नयाँ स्टोर अगाडि राखिएको साइनबोर्ड प्रहरीले हटाएको छ । शुक्रबार बिहान स्टोर उद्घाटन हुन नपाउँदै ग्राहकको भीड अनियन्त्रित भएपछि प्रहरीले सुरक्षा स्थितिलाई ख्याल राख्दै अल्टिमासँग सल्लाह गरेर साइनबोर्ड हटाएको हो ।

यससँगै कम्पनीले स्टोर उद्घाटन कार्यक्रम पनि केही समयका लागि स्थगित गरेको छ । साथै, नयाँ वर्षको अफर पनि तत्कालका लागि रोकिएको कम्पनीले जनाएको छ ।

अल्टिमाले पुतलीसडकस्थित स्टोरमा ‘फ्युजन ३६०’ किन्ने सुरुवाती ८२ जना ग्राहकलाई इयरबड्स ३६० रुपैयाँमा दिने अफर सार्वजनिक गरेको थियो । उक्त अफरका कारण शुक्रबार बिहान ५ बजेदेखि नै स्टोरबाहिर भीड बढ्न थालेको थियो ।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सुरक्षाकर्मीको सहयोगमा भिड व्यवस्थापन गरिएको थियो । अवस्था सामान्य बनेपछि मात्र पुन: उद्घाटन र अफरको घोषणा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु