काठमाडौँ | बजारमा आलुको मूल्य एक सातादेखि स्थिर छ । कालीमाटी बजार विकास समितिको तथ्यांकले चैतमा आलुको मूल्य प्रतिकिलोमा २/३ रुपैयाँ घटेको देखाउँछ ।आपूर्ति बढेको हुँदा आलुको मूल्य घटेको व्यवसायीहरू बताउँछन् । १९ चैतमा रातो आलु प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलु ३९ रुपैयाँमा किनबेच भएको थियो ।
कालीमाटी बजार विकास समितिको तथ्यांक केलाउँदा २/३ महिनादेखि आलुको मूल्य घटेको देख्न सकिन्छ । उक्त समय बजारमा आलुको प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रुपैयाँ थियो। अहिले भने मूल्य घटेर न्यूनतम ३० देखि अधिकतम ४० रुपैयाँमा आएको छ ।
आज सोमबार कालीमाटी बजारमा रातो आलुको मूल्य प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलुको मूल्य ३७ रुपैयाँ रहेको छ ।