१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने

२५ चैत्र २०८१, सोमबार १४:०१

काठमाडौँ | एप्पलले आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गलाई उद्धृत गर्दै पीसीमयाग अनलाइनले जनाएको छ । परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने अपेक्षा गरिएको छ । यस्तो आइफोन तयार गर्ने परियोजना वर्षौंदेखि सञ्चालनमा रहेको बताइएको छ ।

यसबाहेक काँचको व्यापक प्रयोगमार्फत एउटा नयाँ प्रो मोडेल पनि तयार हुन सक्ने बताइएको छ । उपभोक्ताले भने आइफोनमा ठूलो परिवर्तन रुचाउने सम्भावना कम रहेको बताइएको छ । अपेक्षाअनुसार नै एप्पलको आइफोन प्रो १७ मोडल प्रो १६ जस्तो देखिनेछ । साथै, आइफोन १७ को अगाडिको भाग प्रो १६ मोडेलजस्तै देखिनेछ । तर, पछाडिको क्यामेरा फोनको चौडाइसम्म फैलिएको नयाँ प्यानलमा राखिनेछ ।

यसबाहेक आइफोन १७ प्रोको पछाडि दुई रङको डिजाइन हुने छैन । क्यामेरा क्षेत्र बाँकी भागजस्तै एउटै रङको हुनेछ । आइफोन १७ प्रो हालका मोडेलभन्दा धेरै फरक छैन । एप्पलले विगतमा झैँ आइफोन १७ (आइफोन १७ एयरसहित) आउँदो सेप्टेम्बरमा ल्याउने अपेक्षा छ । आइफोन १७ आइफोन १६ जस्तै देखिने भए पनि यसभित्र धेरै परिवर्तन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह