2026-07-25 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने

काठमाडौँ | एप्पलले आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गलाई उद्धृत गर्दै पीसीमयाग अनलाइनले जनाएको छ । परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने अपेक्षा गरिएको छ । यस्तो आइफोन तयार गर्ने परियोजना वर्षौंदेखि सञ्चालनमा रहेको बताइएको छ ।

यसबाहेक काँचको व्यापक प्रयोगमार्फत एउटा नयाँ प्रो मोडेल पनि तयार हुन सक्ने बताइएको छ । उपभोक्ताले भने आइफोनमा ठूलो परिवर्तन रुचाउने सम्भावना कम रहेको बताइएको छ । अपेक्षाअनुसार नै एप्पलको आइफोन प्रो १७ मोडल प्रो १६ जस्तो देखिनेछ । साथै, आइफोन १७ को अगाडिको भाग प्रो १६ मोडेलजस्तै देखिनेछ । तर, पछाडिको क्यामेरा फोनको चौडाइसम्म फैलिएको नयाँ प्यानलमा राखिनेछ ।

यसबाहेक आइफोन १७ प्रोको पछाडि दुई रङको डिजाइन हुने छैन । क्यामेरा क्षेत्र बाँकी भागजस्तै एउटै रङको हुनेछ । आइफोन १७ प्रो हालका मोडेलभन्दा धेरै फरक छैन । एप्पलले विगतमा झैँ आइफोन १७ (आइफोन १७ एयरसहित) आउँदो सेप्टेम्बरमा ल्याउने अपेक्षा छ । आइफोन १७ आइफोन १६ जस्तै देखिने भए पनि यसभित्र धेरै परिवर्तन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक