2026-09-20 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ | सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । मंगलबार एक सूचनामार्फत कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोरा/छोरीलाई औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो ।

कोषले ०८२ वैशाख १ गतेदेखि सेवा‍ लागु हुने भएकाले योगदानकर्ता पोर्टलमा राष्ट्रिय परिचयपत्र र फोटोसहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटोसहितको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ । सबैसँग राष्ट्रिय परिचयपत्र नहुने भएकाले तत्कालका लागि अनिवार्य गरिएको छैन । तर, केही समयपछि राष्ट्रिय परिचयपत्र लाभग्राही सबैलाई अनिवार्य गरिने कोषका सूचना अधिकारी डा. रोशन कोजु बताउँछन् ।

“कोषबाट दिइने औषधि उपचार र दुर्घटना योजनाबाट लाभ लिने सबैले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य अद्यावधिक गर्नुपर्नेछ,” उनले बाह्रखरीसित भने, “तत्काल सबैलाई अनिवार्य नभए पनि केही समयदेखि सबैलाई अनिवार्य गरिनेछ । अहिलेलाई भएकाहरूले अद्यावधिक गर्नुहोला ।”

कोषमा आबद्ध भएका योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउनेछन् । यही एक लाख रुपैयाँबाट नै योगदानकर्ताले पनि औषधि उपचार सेवा पाउने छन् । तर, योगदानकर्ताले सात लाख रुपैयाँसम्मको उपचार पाउनेछन् ।

लगातार पाँच वर्षसम्म योगदान गर्ने योगदानकर्ताले १० लाखसम्मको औषधि उपचार र दुर्घटना उपचार सेवा पाउने कोजु बताउँछन् । तर, योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको मात्र औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउने कोजुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो