१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य

२६ चैत्र २०८१, मंगलवार १५:१७

काठमाडौँ | सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । मंगलबार एक सूचनामार्फत कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोरा/छोरीलाई औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो ।

कोषले ०८२ वैशाख १ गतेदेखि सेवा‍ लागु हुने भएकाले योगदानकर्ता पोर्टलमा राष्ट्रिय परिचयपत्र र फोटोसहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटोसहितको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ । सबैसँग राष्ट्रिय परिचयपत्र नहुने भएकाले तत्कालका लागि अनिवार्य गरिएको छैन । तर, केही समयपछि राष्ट्रिय परिचयपत्र लाभग्राही सबैलाई अनिवार्य गरिने कोषका सूचना अधिकारी डा. रोशन कोजु बताउँछन् ।

“कोषबाट दिइने औषधि उपचार र दुर्घटना योजनाबाट लाभ लिने सबैले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य अद्यावधिक गर्नुपर्नेछ,” उनले बाह्रखरीसित भने, “तत्काल सबैलाई अनिवार्य नभए पनि केही समयदेखि सबैलाई अनिवार्य गरिनेछ । अहिलेलाई भएकाहरूले अद्यावधिक गर्नुहोला ।”

कोषमा आबद्ध भएका योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउनेछन् । यही एक लाख रुपैयाँबाट नै योगदानकर्ताले पनि औषधि उपचार सेवा पाउने छन् । तर, योगदानकर्ताले सात लाख रुपैयाँसम्मको उपचार पाउनेछन् ।

लगातार पाँच वर्षसम्म योगदान गर्ने योगदानकर्ताले १० लाखसम्मको औषधि उपचार र दुर्घटना उपचार सेवा पाउने कोजु बताउँछन् । तर, योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको मात्र औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउने कोजुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’