2026-07-25 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

काठमाडौँ | ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्का जात्रा आजबाट सुरु भएको छ। आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने यो जात्रा तौमढीस्थित भैरवनाथको रथ तानेर सुरु गरिएको हो।

आज बिहानैदेखि तौमढीमा भैरवको रथमा पूजा गर्न सर्वसाधारणको भीड लागेको थियो। गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीका अनुसार बिहान नित्य पूजा सम्पन्न भएपछि सर्वसाधारणका लागि रथमा पूजा खुला गरिएको हो। दिउँसो १ बजेसम्म गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा सम्पन्न गरेपछि अन्य समुदायको पूजा सम्पन्न गरी रथ तान्ने कार्य थालिएको हो।

गुठी संस्थानले तान्त्रिक विधिपूर्वक भैरवनाथ र बेताललाई रथमा विराजमान गराई हनुमान ढोकाबाट ल्याइएको खड्ग, तरबार र निशान राखेपछि जात्रा विधिवत रूपमा सुरु भएको हो। यस वर्ष भने रथ अपराह्न ५ बजेसम्म गःहिटी पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जात्राको दोस्रो चरणमा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित लिङ्गो उठाइने कार्यक्रम तय गरिएको छ। वैशाख १ गते लिङ्गो ढाल्ने र वैशाख ५ गतेसम्म रथ तानी जात्रा समापन गरिनेछ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘जात्राको सम्पूर्ण गतिविधि सीसी क्यामेराबाट निगरानी भइरहेको छ। सादा पोसाकका सुरक्षाकर्मी मोबाइलबाट फोटो, भिडियो खिचेर अनुगमन गरिरहेका छन्’ उनले भने। जात्रामा करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक