१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

२८ चैत्र २०८१, बिहीबार १८:०३

काठमाडौँ | ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्का जात्रा आजबाट सुरु भएको छ। आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने यो जात्रा तौमढीस्थित भैरवनाथको रथ तानेर सुरु गरिएको हो।

आज बिहानैदेखि तौमढीमा भैरवको रथमा पूजा गर्न सर्वसाधारणको भीड लागेको थियो। गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीका अनुसार बिहान नित्य पूजा सम्पन्न भएपछि सर्वसाधारणका लागि रथमा पूजा खुला गरिएको हो। दिउँसो १ बजेसम्म गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा सम्पन्न गरेपछि अन्य समुदायको पूजा सम्पन्न गरी रथ तान्ने कार्य थालिएको हो।

गुठी संस्थानले तान्त्रिक विधिपूर्वक भैरवनाथ र बेताललाई रथमा विराजमान गराई हनुमान ढोकाबाट ल्याइएको खड्ग, तरबार र निशान राखेपछि जात्रा विधिवत रूपमा सुरु भएको हो। यस वर्ष भने रथ अपराह्न ५ बजेसम्म गःहिटी पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जात्राको दोस्रो चरणमा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित लिङ्गो उठाइने कार्यक्रम तय गरिएको छ। वैशाख १ गते लिङ्गो ढाल्ने र वैशाख ५ गतेसम्म रथ तानी जात्रा समापन गरिनेछ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘जात्राको सम्पूर्ण गतिविधि सीसी क्यामेराबाट निगरानी भइरहेको छ। सादा पोसाकका सुरक्षाकर्मी मोबाइलबाट फोटो, भिडियो खिचेर अनुगमन गरिरहेका छन्’ उनले भने। जात्रामा करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र