२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु

२०८१, २९ चैत्र शुक्रबार १४:१९

काठमाडौँ | दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ भृकुटीमण्डपमा सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा यामाहा अधिकारी, सञ्चारकर्मी र उत्साहित ग्राहकको उल्लेखनीय उपस्थिति थियो। चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने छ। यामाहाको जुनसुकै बाइक वा स्कुटरमा ५० हजारको न्यूनतम भ्यालुएसन राखिएको छ भने अन्य ब्रान्डका बाइक तथा स्कुटरमा २५ हजार न्यूनतम मूल्याङ्कन रहेको छ। यी एक्सचेन्जमा सहभागी हुन अनिवार्य कर चुक्ता गरेको हुनुपर्ने छ।
एक्सचेन्जका अन्य सुविधा निम्नानुसार छन्:

अतिरिक्त १०,००० मूल्याङ्कन बोनस,
कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग
यामाहा थ्रिल अफ थ्री योजनाको साथ १,००,००० सम्म नगद छुट
थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १,००० जित्ने मौका
विज्ञापनको स्क्रिनसट देखाई ५०,००० सम्म नगद छुट जित्ने मौका,
यामाहा खरिद गरी १,००,००० सम्म नगद छुट पाउने अवसर

प्रदर्शनीमा यामाहाका विभिन्न मोडेलहरू प्रस्तुत गरिएका छन्। नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमि/लिटर) प्रदर्शनीको प्रमुख आकर्षण हो। त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्। यसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पूरा गर्ने आयोजकले जनाएका छन्।

यस ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज अफर मात्र नभइ, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको उनीहरूको भनाइ छ। सवारी अपग्रेड गर्न खोज्नेका लागि यो सुनौलो अवसर भएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला