१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक आयोगमा नियुक्ति विवाद, आज सुनुवाइ हुँदै

३ बैशाख २०८२, बुधबार १२:३४

काठमाडौँ | संवैधानिक आयोगहरूमा पदाधिकारीविरुद्ध परेका रिटमा (आज) बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गएको ३० माघ २०८१ देखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा आजसमेत सुनुवाइ हुँदैछ । करिब एक दर्जन रहेका नियुक्ति विवाद सम्बन्धिका रिटहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा एकसाथ सुनुवाइ हुनेछ ।

निवेदकका तर्फबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिटमा निवेदक र वकालतनामा भरेका कानुन व्यवसायीले बुधबारेदेखि बहस गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरूको सिफारिस गराएका थिए । संसदीय सुनुवाइबिना अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरू नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने