2026-09-20 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परे

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार विज्ञप्ति जारी गरी ड्युटीमा खटिएका तीन प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाई कारबाही गरिएको जानकारी दिएको हो । आइतबार यूएईबाट स्वदेश फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा प्रहरीले ओझालाई लछारपछार गरेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा घटनाको अनुसन्धान थालिएको थियो । विभिन्न सञ्चार माध्यममा पनि स्वदेश फर्किएका युवकमाथि प्रहरीले दुर्व्यवहार गरेको समाचार आएका थिए । कार्यालयले दुर्व्यवहारमा संलग्न तीन जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षाको जिम्मेवारीबाट हटाएको छ । साथै उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो