2026-07-25 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दराजले डीएफएलपी २०२५ सुरू गर्दै, ८ वैशाखदेखि आवेदन खुला

काठमाडौँ | दराजले दक्षिण एशियामा दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवात गरेको छ। नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा सञ्चालित यो म्यानेजमेन्ट ट्रेनी कार्यक्रमले भविष्यका नेतृत्वदायी स्थानिय प्रतिभालाई पहिचान गरी ई-कमर्श क्षेत्रलाई समृद्ध बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

१५ महिने यो घुम्ती कार्यक्रम जुलाई २०२५ बाट सुरू हुनेछ। सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित प्रशिक्षण, वरिष्ठ नेतृत्वको मार्गदर्शन र स्थानीय-अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर पाउनेछन्। यो कार्यक्रमले व्यावहारिक अनुभव र सीप विकासमा जोड दिन्छ। डीएफएलपी २०२५ हालै स्नातक गरेका, शैक्षिक र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही युवाहरूका लागि खुला छ। उम्मेदवारमा टिमवर्क, नेतृत्व सम्भावना, प्रभावकारी संवाद कौशल र अनुकुलनशीलता आवश्यक छ। आवेदन ८ वैशाखदेखि १४ दिनसम्म दराजको वेबसाइटमा रहेको करियर पेजमार्फत अनलाइनमा दिन सकिनेछ।

कडा छनोट प्रक्रियामार्फत देशभरका विश्वविद्यालयबाट योग्य युवाहरू छानिने कम्पनीले जनाएको छ। उनीहरूलाई प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्गदर्शन र व्यवहारिक अनुभव प्रदान गरिनेछ।कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजमा नेतृत्वदायी भूमिका र दीर्घकालिन करियर अवसर प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पारिश्रमिक र पुरस्कारले सम्मान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक