काठमाडौँ | मौसम प्रतिकुल हुँदा हवाई उडान प्रभावित भएको छ । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । २ बजेदेखि उडान अवरुद्ध हुँदा विमानस्थलमा आन्तरिक यात्रुहरुको चाप बढेको छ । आन्तरिक उडान अवरुद्ध हुँदा गन्तव्यमा जान आएका यात्रुको चाप विमानस्थलमा बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएकाे छ ।
पोखरा, भैरहवा, नेपालगन्ज उड्ने विमानहरु डिले भएका छन् । यात्रुहरु खचाखच भरिएको छ । माैसमकाे कारण अन्तर्राष्ट्रिय उडान भने प्रभावित बनेकाे छैन ।