Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त बनेको छ । पाइप फुटेर ढल सडकमा निस्किँदा उक्त सडकमा चल्ने गाडी र मोटरसाइकल डुबेका छन् ।

ढल निकासका लागि गाडिएको पाइप फुटेर सडक हिलाम्य हुँदा सवारी चालकले सास्ती पाएका छन्। अहिले त्यस सडकमा चारपांग्रे गाडी र मोटरसाइकल चलाउन मुस्किल भएको छ । ढल फुट्दा पैदल यात्रुलाई पनि मार परेको छ ।