काठमाडौँ | काठमाडौँको शंकरापुर–९ मा एक व्यक्तिले बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार भएका छन् । दुई महिनाअघि मात्र बिहे गरेका ५८ वर्षीय पदमबहादुर तामाङ गए राति ४५ वर्षीया श्रीमतीको माइती तामाङको हत्या गरी फरार भएका हुन् । श्रीमतीको हत्या गरी फरार रामेछापको खाँडादेवी–७ का भएको प्रहरीले जनाएको छ । उनीहरु शंकरापुरमा कृषि कार्य गरी जीविकोपार्जन गर्थे ।
मृतक माइली राति पूर्व पतितर्फका दुई सन्तानसँग सुतेकी थिइन् । राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । पदमबहादुरले पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको प्रहरीको अनुमान छ ।