५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपरिहार्य छ लोकतन्त्र

११ बैशाख २०८२, बिहीबार ११:५०

काठमाडौँ | आज वैशाख ११ । देश आज २०औँ लोकतन्त्र दिवसको उत्साहको अवस्थामा छ । आजकै दिन दुई दशकअघि नेपालको लोकतान्त्रिक आन्दोलनको परिणामले एक किसिमले मूर्तरूप लिएको थियो । २०६२ सालको चैतमा प्रारम्भ भएको दोस्रो जनआन्दोलनको पटाक्षेप भएको दिन हो २०६३ को वैशाख ११ । दोस्रो जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ । नेपाल र नेपालीका लागि आजको दिनको निकै महत्व भएको कुरामा विमति हुन सक्दैन । यो दिवसको महत्व कहाँसम्म छ भने यो दिनको प्रेरणाले अन्ततः नेपालमा गणतन्त्रको मार्गप्रशस्त गर्न सम्भव हुन सकेको हो । यो दिवसकै प्रभाव मान्नुपर्ने हुन्छ, नेपाली जनताले गणतन्त्रका लागि धेरै कुर्नु परेन । मात्र दुई वर्षपछि अर्थात २०६५ को जेठ १५ गते नेपाल गणतान्त्रिक मुलुकका रूपमा स्थापित हुन पुग्यो ।

लोकतन्त्रविरुद्ध आक्रमण

आज देशमा विभिन्न कोणबाट विभिन्न पक्षबाट लोकतन्त्र र गणतन्त्रविरुद्ध अनेकथरि भ्रम छर्दैै मिथ्या प्रचार गर्दै आक्रमणको प्रयास भइरहेको छ । सैद्धान्तिकरूपले गणतन्त्रका विरोधीहरू आफ्नो स्वार्थको रोटी सेक्न उद्यत देखिएको वर्तमान अवस्थामा अनेकथरि प्रलापहरूलाई स्वर दिने प्रयास भइरहेको छ । सारमा यो अनुचित हो । लोकतन्त्र र गणतन्त्रले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै एउटा पक्ष त्यही लोकतन्त्र र गणतन्त्रलाई निम्ट्यान्न पार्न आफ्नो शक्ति खर्चिरहेको छ । यसलाई कदापी उचित मान्न सकिन्न ।

विसं २००७ सालमा नेपालले एकतन्त्रीय जहानीया शासनबाट मुक्ति प्राप्त गरेर प्रजातान्त्रिक शासनको बाटोमा अग्रसर हुने अवसर प्राप्त गरेको हो । देशमा हालसम्म जनताका अधिकार सुनिश्चितका सन्दर्भमा जे जति आन्दोलन र क्रान्ति भए ती सबैको जग वास्तवमा २००७ साल फागुन ७ मा प्राप्त प्रजातन्त्र नै हो । तर सात सालपछिका दिनमा देशको राजनीतिमा अनेकथरि महत्वाकांक्षाहरू हाबी हुँदा प्रजातन्त्रको वास्तविक रूपको दर्शन गर्न नेपालीलाई निकै नै कठिनाइ भयो । २००७ सालमा प्राप्त उपलब्धिलाई सहजरूपमा स्वीकार गर्दै त्यसपछिको राजनीतिक यात्रालाई स्वभाविक दिशामा गतिशील हुने वातावरण निर्माण हुन सकेको भए नेपालको राजनाीतिक इतिहासमा २०४६ सालको पहिलो जनआन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलन आवश्यक नै पर्ने थिएन । इतिहासमा यी वर्षहरूको खासै चर्चा पनि हुँदैनथ्यो होला । तर यतिले मात्र नपुगेर नेपालको इतिहासले लोकतन्त्र दिवसका रूपमा अर्को दिन अर्थात २०६३ वैशाख ११ को दिनलाई पनि स्मरण गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन पुग्यो र यसै दिनले निम्त्यायो २०६५ जेठ १५ अर्थात गणतन्त्र दिवस ।

लोकतन्त्रमा पूर्ण प्रेस स्वतन्त्रता

नेपालको इतिहासमा वैशाख ११ को महत्व लोकतन्त्र दिवसको सन्दर्भमा त छँदैछ, नेपाली सञ्चार र प्रेसका सन्दर्भमा पनि आजको दिनको खास महत्व छ । यसै दिवसबाट प्रेरणा प्राप्त गरी नेपालमा पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली आमसञ्चारकर्मीहरूले अभियान थालेका हुन भनेर भनियो असान्दर्भिक हुने छैन । २०६४ मा गठित प्रथम संविधानसभासँगै २०६५ वैशाखमा निर्वाचित नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वले संविधानसभाले तयार गर्ने नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने अभियान सञ्चालन ग¥यो र यो अभियानलाई अधिकांश सञ्चारकर्मी र मानवअधिकारकर्मीबाट समर्थन प्राप्त भयो ।

लोकतन्त्र अथवा प्रजातन्त्रको एक महत्वपूर्ण आधार प्रेसलाई पनि मानिन्छ । प्रेसले स्वतन्त्र भएर जति बढी काम गर्न सक्छ लोकतन्त्र त्यति नै फलदायी र प्रभावकारी हुनसक्ने यथार्थ विश्वभरि स्वीकार गरिएको छ । नेपाल पनि अपवाद हुन सक्दैनथ्यो । यसै यथार्थलाई आत्मसात गर्दै नेपालमा २०६३ सालको जनआन्दोलनको सफलतापछि प्रेस, सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनले आकार ग्रहण गर्न थालेको हो भन्दा अत्युक्ति नहोला । २०६३ सालको अन्तरिम संविधानमा प्रेस, सूचना, विचार र अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा स्पष्ट ढङ्गले व्यवस्था गरियो । संविधानसभाले निर्माण गर्ने संविधानमार्फत पनि अन्तरिम संविधानको यो व्यवस्थालाइ जोगाउनु अपरिहार्य थियो । यसकारण पनि संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रतभूति आवश्यक थियो र त्यसबेलाको नेपाल पत्रकार महासङ्घले यो अभियानको नेतृत्व गरेको थियो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै

प्रजातन्त्र वा लोकतन्त्रको सर्वोत्तम विकल्प प्रजातन्त्र वा लोकतन्त्रलाई नै मानिन्छ । विश्वमा यही मात्र यस्तो शासनशैली हो, जसले आफूमा रहेको कमजोरी स्वीकार गर्दछ र जनतालाई अधिकारसम्पन्न बनाउन तथा देशमा विकासको खाका कोर्न आफूलाई सच्याउँछ र आवश्यकताअनुसार परिमार्जन गर्दछ । नेपालको राजनीतिक विकासक्रमको लेखाजोखा गर्ने हो भने २००७ सालपछि २०६३ वैशाख ११ मा स्थापित लोकतन्त्र राष्ट्र निर्माणका सन्दर्भमा महत्वपूर्ण विन्दु भएकामा दुईमत हुन सक्दैन । २०६३ साल राजनीतिको यस्तो विन्दु हो, जहाँबाट नेपालमा वास्तविक लोकतन्त्रको प्रक्रियाको प्रारम्भ भयो । अर्थात अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले भनेजस्तै जनताको, जनताबाट र जनताका लागि शासन सञ्चालन हुने अवस्थाको निर्माण हुन सक्यो । अब लोकतन्त्र अनुकूलका संरचनाहरू बन्न थाले । देशमा पहिलोपटक राजाको हस्तक्षेपविनाको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गठनको औपचारिक प्रक्रिया शुरु हुन सक्यो । सैद्धान्तिकरूपमै कानुनी शासनको जग बसाउने कार्य थालियो । त्यसैअनुरूपका विधि कानुन निर्माणको प्रक्रिया थालियो ।

पछिल्लो समयमा नेपालमा लोकतन्त्र संस्थागत हुने अवस्थाको निर्माण भएको छ । नेपालको लोकतन्त्र क्रमशः परिपक्व हुँदै गएको छ र आवश्यकतानुसार यसले आफूलाई परिवर्तित र परिमार्जित गरिरहेको छ । पछिल्लो पुस्ताको लोकतन्त्रले सुशानको अवधारणासँगै मानवअधिकार, सङ्घीयता, समावेशी र पहिचान, आवधिक निर्वाचन, सामाजिक न्याय र स्वतन्त्र प्रेसको अवधारणालाई सैद्धान्तिकरूपमै स्वीकार गरेको छ । नेपाल पनि स्वभाविकरूपमा अपवाद हुन सक्दैन । यहाँ पनि यी अवयवहरूलाई स्वीकार गरिएको छ र पछिल्लो समयमा नेपालको संविधान २०७२ ले नेपाली लोकतन्त्रलाई नयाँ ढङ्गले परिभाषित गर्ने क्रममा यी अवधारणालाई आत्मसात गरेको छ । नेपालको संविधान २०७२ मार्फत स्वीकार गरिएको सङ्घीयताको अवधारणाले नेपाली प्रजातन्त्र÷लोकतन्त्रलाई क्रमशः परिष्कृत गर्दै लगेको छ । वास्तवमा लोकतन्त्रलाई ‘अर्थ’ प्रदान गर्न सङ्घीयताको निकै महत्व छ । सङ्घीयता अधिकार तथा शक्तिको विधिवत् विकेन्द्रीकरणको एक ‘मोडेल’ हो, जो लोकतन्त्रमा मात्र सम्भव छ । खासमा पछिल्लो विश्वमा लोकतन्त्रको सवलीकरणका दिशामा सङ्घीयताले निर्णायक भूमिका निर्वाह गर्ने अवधारणा लोकप्रीय बन्दै गएको छ । अधिनायकवादी शासन व्यवस्थामा अधिकार र शक्तिको विकेन्द्रीकरणको अवधारणामा विश्वास गरिँदैन । अधिकनायकवादमा विश्वास गर्नेहरू सधैँ शक्तिको केन्द्रीकरण चाहन्छन् ।

लोकतन्त्रमा प्रेस र नागरिक समाज

पछिल्लो अवस्थामा नेपालको राजनीतिक अवस्थाको विश्लेषणको प्रयत्न गर्ने हो भने विगतमा केन्दीय शासनमा निहीत शक्ति र अधिकार विकेन्द्रीकरणको अवधारणालाई स्वीकार गर्न थालिएको छ र जनतामा वास्तविक अर्थमा सम्प्रभूता निहीत हुने कुरालाई स्वीकार गर्न थालिएको छ । यसको अर्थ हो, नेपालको लोकतन्त्र क्रमशः संस्थागत भइरहेको छ र तल्लो तहसम्मका जनताले लोकतन्त्रको अनुभूत गर्ने वातावरणको निर्माण भइरहेको छ । लोकतन्त्र सुशासनमा आधारित छ र सुशासनको एक प्रमुख आधार पारदर्शिता र उत्तरदायित्व वहन हो । यही पारदर्शिता निर्माण गर्ने सन्दर्भमा प्रेसको निर्णायक भूमिका हुन्छ भन्नु अनुचित हुँदैन ।

प्रेस स्वतन्त्रता र नागरिक समाजको फराकिलो उपस्थिति कुनै पनि लोकतान्त्रिक व्यवस्थाको सफलताका लागि एक महत्वपूर्ण शर्त मानिन्छ । कहीँ पनि लोकतन्त्र छ भनेर भनियो भने त्यहाँ स्वभाविकरूपमा प्रेस स्वतन्त्रता र नागरिक समाजको निर्वाध गतिविधिको प्रत्याभूति छ भन्ने बुभिन्छ । लोकतन्त्रले नेपाल र नेपालीलाई प्रेस स्वतन्त्रता र नागरिक समाजको फराकिलो उपस्थितिको अवसर प्रदान गरेको छ । माथि पनि चर्चा गरियो, २०६३ सालको वैशाख ११ यस्तो प्रस्थानविन्दु हो, जसले नागरिक अधिकारको बहाली, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुन पाउने जनताको हकको पक्षमा औपचारिकरूपमा जगको ढुङ्गा राखेको हो ।

पछिल्लो दिनमा परिवर्तन र नागरिक अधिकार संस्थागत भएको देख्न नचाहने तत्व र समूहबाट प्रेस र नागरिक समाजमाथि आक्रमण भइरहेको छ भन्नु अन्यथा नहोला । यतिमात्र होइन, राजनीतिक व्यवस्थामाथि नै पनि धावा बोल्ने प्रयास भएको छ । यसको अर्थ हो, समग्रमा लोकतन्त्रमाथि नै आक्रमण गर्ने र आघात पु¥याउने जमातको आकार वृद्धि भइरहेको छ । यस्ता तत्व र समूह लोकतन्त्र क्रियाशील भएको देख्न चाहँदैनन् । तिनले समाज रूपान्तरण भएको देख्न चाहँदैनन् । यी कुरालाई आत्मसात गर्दै लोकतन्त्र रक्षाका लागि अनेकथरि चुनौतीसँग जुध्नु सबै नेपालीको दायित्व हो । (लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो आज प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई