2026-07-25 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज किराँत समाज सुधार दिवस

काठमाडौँ | किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् ।

विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ आँै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेका किराँत ज्योतिष सङ्घका अध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो ।

किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्मावलम्बीका संस्कारमा जाँडरक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला सञ्चालन गर्ने, छोरीको विवाह छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११ औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा सार्वजनिक गरिएको थियो ।

एक वर्षमा अरु सुधारका तीन बुँदा थपिएको शेर्माले जानकारी दिनुभयो । थपिएका बुँदामा उत्तरायण हुने माघ १ गते उँभौली, दक्षिणायत हुने साउन १ गते उँधौली पर्व मनाउने र जहाँसुकै धान नाच ननाच्ने निर्णय पनि किराँत महासभाबाट भएको थियो ।

विसं २०७८ को जनगणना अनुसार १० लाखभन्दा बढी किराँत समुदाय देशभर बसोबास गर्छन् । पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बाक्लो उपस्थिति छ । सुधारको घोषणा गरिएको शताब्दी वर्ष विशेष मनाउने गरी नयाँ सुधारका बुँदा तयार गर्ने गरी गृहकार्य समेत सुरु भइसकेको धर्मगुरु शेर्माले बताउनुभयो ।

किराँत समुदायमा सुधारको घोषणा गर्नुहुने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

यसैगरी विसं १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको रानीटारको शिरमा रहेको लोब्रेकुटीमा विसं २०७१ वैशाख २४ गते किराँत समाज सुधार स्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गर्नुभएको थियो । यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाई तपस्या गर्नुभएको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ ।

लोब्रे कुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक