२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर बस्ने हो कि जनताका लागि काम गर्ने हो: सांसद शाही

२८ बैशाख २०८२, आईतवार १२:४०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकको हकहितनिम्ति काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि सरकारले वैदेशिक रोजगारमा रहेका नागरिकको श्रमको सम्मान गर्न नसकेको उनले आरोप लगाए । उनले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिट्यान्सले धानेको जिकिर गरे ।

उनले भने, “आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरूको तलब र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ?”

वैदेशिक रोजगारीका नाममा अझै लाखौँ मानिस दलालबाट ठगिएको उनको भनाइ थियो । “आज लाखौँ नेपाली नागरिकहरू दलालको ठगीमा परेर घरबारविहीन भएका छन् । तर, श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि, त्यो मन्त्रालयले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन,” उनले भने ।

वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकको उद्धारनिम्ति परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न नसकेको आरोप पनि उनले लगाए । “अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनै पनि कूटनीति गाँसेको छैन,” उनले भने, “जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ, सभामुख महोदय ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला