2026-09-16 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

काठमाडौँ | समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ मा सेवारत सामुदायिक नर्स अनिसा थापा, वालिङ नगरपालिका–१ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल हुनुहुन्छ ।

यसैगरी तिलोत्तमा नगरपालिकास्थित गौतमबुद्ध उच्च माविमा सेवारत नर्स मुना ज्ञवाली, गोरखा नगरपालिकास्थित गोरखा माविमा सेवारत नर्स ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविका सेवारत नर्स विमला हायु र काठमाडौँ महानगरपालिका रत्नराज्य उच्च माध्यमिक विद्यालयमा सेवारत विद्यालय नर्स सविता रेग्मी हुनुहुन्छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटी, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले उहाँहरुलाई दोसल्ला ओढाइ सम्मान गर्दै समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा विद्यालय तथा सामुदायिक नर्सको भूमिकाले सकारात्मक नतिजा ल्याएको बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखामा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजालले चन्द्रागिरि नगरपालिकाभित्र १५ जना विद्यालय तथा सामुदायिक नर्स कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चन्द्रागिरि नगरपालिकाका विद्यालय तथा सामुदायिक नर्सले स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय काम गरेका छन् । यसमा नगरपालिका सम्मानित हुनु गौरवको कुरा हो । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु