२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकियो

२०८२, १ जेष्ठ बुधबार १३:३२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकिएको छ । न्यायाधीस सुनील पोखरेलको इजलास नम्बर १० मा सुनवाइ भएको हो ।

मिश्रका तर्फबाट भीमार्जुन आचार्य, सतिशकृष्ण खरेल, बिष्णु भट्टराईसहित करिब एक दर्जना वकिलहरुले बहस गरेका थिए । उनीहरुले मिश्रलाई हाजिरी जमानीमा छोड्ने आदेशका लागि अनुरोध गरेका छन् । बन्दी प्रत्यक्षीकरण निवेदन दिने मिश्रकी पत्नी सारिकाले आफ्नो श्रीमानमाथि राजनीतिक पूर्वाग्रह साँधेर अनावश्यक थुनामा राखिएको गुनासो न्यायाधीससमक्ष गरिन् । आफूहरुलाई जिल्ला अदालतले न्याय नदिएकाले सर्वोच्च आउनु परेको उनले बताइन् ।

‘जिल्ला अदालतबाट हामीलाई न्यायको आशा थियो । १० गतेको आदेशमा ३ दिनभित्र थप प्रमाण पेश नभएमा थुनामुक्त गर्न सकिने भनियो तर, अर्कोपटक त्यस अनुसार भएन,’ उनले भनिन्, ‘राज्यले नै पूर्वाग्रह साँधेपछि हाम्रो अन्तिम आशा भनेको सर्वोच्च नै हो ।’ सारिकाले अदालतबाट निस्किँदा पत्रकारहरुसँग भने प्रतिक्रिया दिन चाहिनन् । मिश्रका कानून व्यवसायीहरुले मिश्रलाई बाहिरै राखेर पनि अनुसन्धान प्रक्रिया निर्वाध अगाडि बढाउन सकिने सुझाए ।

‘उहाँको मोबाइल सिज छ । उहाँ भागेर जाने मान्छे पनि होइन । देश बनाउँछु भनेर आफ्नो करिअर नै छोडेर स्वदेश फर्किनु भएको हो । फरार हुने कुरै आउँदैन । हाजिरी जमानीमा राखेर अनुसन्धान अगाडि बढाइयोस,’ उनीहरुको एकमुष्ट भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला