३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकियो

१ जेष्ठ २०८२, बुधबार १३:३२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकिएको छ । न्यायाधीस सुनील पोखरेलको इजलास नम्बर १० मा सुनवाइ भएको हो ।

मिश्रका तर्फबाट भीमार्जुन आचार्य, सतिशकृष्ण खरेल, बिष्णु भट्टराईसहित करिब एक दर्जना वकिलहरुले बहस गरेका थिए । उनीहरुले मिश्रलाई हाजिरी जमानीमा छोड्ने आदेशका लागि अनुरोध गरेका छन् । बन्दी प्रत्यक्षीकरण निवेदन दिने मिश्रकी पत्नी सारिकाले आफ्नो श्रीमानमाथि राजनीतिक पूर्वाग्रह साँधेर अनावश्यक थुनामा राखिएको गुनासो न्यायाधीससमक्ष गरिन् । आफूहरुलाई जिल्ला अदालतले न्याय नदिएकाले सर्वोच्च आउनु परेको उनले बताइन् ।

‘जिल्ला अदालतबाट हामीलाई न्यायको आशा थियो । १० गतेको आदेशमा ३ दिनभित्र थप प्रमाण पेश नभएमा थुनामुक्त गर्न सकिने भनियो तर, अर्कोपटक त्यस अनुसार भएन,’ उनले भनिन्, ‘राज्यले नै पूर्वाग्रह साँधेपछि हाम्रो अन्तिम आशा भनेको सर्वोच्च नै हो ।’ सारिकाले अदालतबाट निस्किँदा पत्रकारहरुसँग भने प्रतिक्रिया दिन चाहिनन् । मिश्रका कानून व्यवसायीहरुले मिश्रलाई बाहिरै राखेर पनि अनुसन्धान प्रक्रिया निर्वाध अगाडि बढाउन सकिने सुझाए ।

‘उहाँको मोबाइल सिज छ । उहाँ भागेर जाने मान्छे पनि होइन । देश बनाउँछु भनेर आफ्नो करिअर नै छोडेर स्वदेश फर्किनु भएको हो । फरार हुने कुरै आउँदैन । हाजिरी जमानीमा राखेर अनुसन्धान अगाडि बढाइयोस,’ उनीहरुको एकमुष्ट भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट